कर सप्ताहको अवसरमा तुलसीपुरमा प्रभातफेरी

तुलसीपुर १ मंसिर

सातौ राष्ट्रिय कर सप्ताहका अवसरमा तुलसीपुरमा प्रभावफेरी गरिएको छ । ‘‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’’ भन्ने नारासहित आन्तरीक राजश्व कार्यालयकोको अगुवाईमा प्रभातफेरी गरिएको हो ।
करवृद्धिमा अग्रसर, आत्मगौरवको अवसर,स्वतस्र्फूत तिरौ कर, समृद्ध बनाउँ गाउँ शहर, करको चर्चा घरघरमा गरौं, लगाएतका नारा लेखिएका प्लेकाड बोकेको ¥याली कार्यालको परिसरबाट भएर बीरेन्द्र चोक, नगरपालिका रोड, बाहिनीचोक, बैंक रोड, विपी चोक हुँदै तुलसीपुर बजारका मुख्य भागको परिक्रमा गरेको थियो ।

¥यालीमा तुलसीपुर चेम्बर अफ कर्मस, तुलसीपुुर उद्योगबाणिज्य संघ, दाङ जिल्ला उद्योगबाणीज्य संघ, नेपाल अडिटर्स एसोसियसन जिल्ला कार्यसमिति, ज्ञानदिप कलेज, गोर्खा स्कुल लगाएत दर्जनौ संघसंस्थाहरुको सहभागिता रहेको कार्यालयका प्रमुख कर अधिकृत लिलाप्रसाद शर्माले जानकारी दिनुभयो । आज देखि सुुरु भएको कर सप्ताह कार्यक्रम मंसीर ७ गते समापन गरिने छ ।

 

प्रकाशित मिति : २०७५ मङ्सिर १ गते शनिवार
प्रतिक्रिया