रुकुम पश्चिम,१२ असोज । त्रिवेणी गाउँपालिका–२ पेदिखेतस्थित ढुङ्गाको ओढारमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले तीन नाल भरुवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी सिम्रुतु, रुकुम पश्चिमबाट प्रहरी नायब निरीक्षक कृष्णबहादुर शाहको कमाण्डमा खटिएको चार सदस्यीय प्रहरी टोलीले गस्तीका क्रममा आज ढुङ्गाको ओढारभित्र लुकाइराखिएको अवस्थामा ती भरुवा बन्दुक फेला पारेको हो।
बरामद गरिएका तीनवटै भरुवा बन्दुक आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा ल्याएर राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ असोज १२ गते सोमवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।