तुलसीपुर, १२ असोज । गत विहिवार देखी दाङ सहित देशभर बन्द भएका विद्यालयहरु आजदेखी खुलेका छन् । मौसममा क्रमिक सुधार हुँदै गएपछि आजदेखी विद्यालयहरु संचालनमा आएका छन् । भारी देखी अति भारी बर्षाको सम्भावनालाई मध्येनजर गर्दै गत विहिवार देखी विद्यालय बन्द भएका थिए । लगातार चार दिन सम्म बन्द भएका विद्यालयहरुमा आजदेखी पठनपाठन सुरु भएका छन् ।
सवारी आवगमन पुर्ण रुपमा सन्चालनमा दाङमा मौसममा क्रमिक सुधार हुँदै गएपछि सवारी साधनको आवागमन खुला गर्ने गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले आईतवार सार्वजनिक सूचना जारी गर्दै जिल्ला भित्र सञ्चालन हुने सम्पूर्ण सवारी साधनको पुर्ण रुपमा आवगमन खुला गरिएको जनाएको छ । प्रशासनले बर्षातका कारण जोखिम भएका मुख्य सडकखण्ड तथा सहायक सडकखण्डमा गत शुक्रवार देखी सवारी आवगमनमा रोक लगाएको थियो । मौसममा सुधार हुँदै गएको र सडकको जोखिम समेतलाई मध्यनजर गर्दै सवारी आवागमन खुला गरिएको प्रशासनले जनाएको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।