समुदाय-प्रहरी पालीका समिती गठन

दिप्तीशिखा चौधरी,दङ्गीशरण,३० कार्तिक ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आज दङ्गीशरण गाँउ पालीकाको कार्यालयमा समुदाय —प्रहरी पालीका समिती गठन गरिएको छ । समुदायमा प्रहरी र समुदाय बिच को सहकार्य सकारात्मक रुपले अगाडि बढाउने उद्धेश्यले समुह गठन गरिएको हो । गाउँपालीकाका अध्यक्ष भागिराम चौधरीको सयोंजकत्वमा १६ सदस्यीय समिती गठन गरिएको छ ।

जसको सह —सयोंजकमा गाउँपालीकाका उपाध्यक्ष पिमा कुमारी खड्का रहनु भएको छ । त्यस्तै सदस्य सचिवमा ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी नायक निरीक्षक जिवन बिक्रम शाह,सदस्यहरुमा वडा न. ४ का अध्यक्ष नेव बहादुर कुवँर मगर, ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी सहायक निरक्षिक माधव कुमार श्रेष्ठ ,स्वास्थ्य सस्ंथाका बासुदेव चौधरी,आमा समूह बाट उमा बस्नेत,बसन्ती वली,बिरेन्द्र मा.बि हेकुलीका प्रधानअध्यापक खिमराज खनाल,संचारकर्मी दिप्तीशिखा चौधरी लगाएतका रहनुभएको छ ।

गाउँपालीकाका प्रशासकीय अधिकृत मार्शल कुमार वलीको अध्यक्षता एंव गाउँपालीकाका अध्यक्ष भागिराम चौधरीको प्रमूख आतीथ्यमा भएको कार्यक्रमको शहजीकरण प्रहरी जवान टिका थापाले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७५ कार्तिक ३० गते शुक्रवार
प्रतिक्रिया