काठमाडौ, ११ असोज । पुर्वप्रधानन्यायधिस चोलेन्द्र समसेर जवरालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले महाराजगञ्जमा रहेको निवासबाट उहाँलाई गएराति पक्राउ गरेको हो । उहाँलाई पक्राउ गर्नुको आधिकारीक कारण खुलेको छैन । तर जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको कार्यालयले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ । २०७५ साल पुस १७ मा प्रधानन्यायाधीश बनेका उहाँविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो । त्यसपछि निलम्बनमा पर्नुभएको थियो ।
महाअभियोग लामो समयसम्म संसद्मा अलपत्र भएको थियो । संसद्को अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले महाभियोग निष्क्रिय भएको पत्र लेख्नुभएको थियो । संसद् सचिवालयका तत्कालीन महासचिवको सफाइ पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।पछि सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।