फोटो फाईल
तुलसीपुर , ९ असोज । तुलसीपुर सहित देशभरका अधिकास क्षेत्रमा बुधवार बेलुका देखी निरन्तर झरी परिरहेको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण बुधवार बेलुकीदेखि नै झरी शुरु भएको हो ।यता तुलसीपुरमा पनि विहिवार बेलुकी देखी लगातार झरी परीरहेको छ । मनसुनी बायुको प्रभावका कारण आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज र भोलि भारी देखी अति भारी बर्षाको सम्भावना भएकाले विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ । भारी बर्षाको जोखिमलाई मध्येनजर गर्दै दाङ सहित देशभर दुई दिन सम्म उच्च सावधानीका लागी विपद पुर्व तयारी कार्यहरु भईरहेका छन् । महाशाखाका अनुसार शुक्रवार देखी आईतवार सम्म बर्षाको जोखिम रहेको छ ।
प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।