२०८३ असोज ८ गते बिहिवार

दाङ उद्योग बाणिज्य संघको निर्वाचन मिति नजिकीदै गर्दा चुनावी प्रचारप्रचार तिव्र

तुलसीपुर, ८ असोज । दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचन मिति नजिकीदै गर्दा चुनावी चहलपहल बढेको छ । यहि असोज ११ गते हुन लागेको निर्वाचनमा उमेदवारहरुले चुनावप्रचार प्रसारलाई तिव्र पारेका छन् । संघको नेतृत्वको लागी तिन जनाको उमेदवारी परेको छ । निर्वाचनमा दुई जना उमेदवारले प्यानल बनाएर चुनावी मैदानमा रहेका छन भने एक जना स्वतन्त्र उमेदवार बनेका छन् । संघको आगामी नेतृत्वका लागी बर्तमान उद्योग उपाध्यक्ष धु्रव कुमार गहराजको नेतृत्वमा साझा व्यावसायीक प्यानल चुनावमा होमिएको छ । उहाको प्यानललाई एमाले र नेपाली कम्युनिष्ट पाटी निकट व्यवसायीहरुको समर्थन रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेशका सभापती समेत रहनु भएको गहतराजले विगत लामो समय देखी घोराहीमा सुनचाँदी व्यवसायी र उद्योग सन्चालन गर्दै आउनु भएको छ । सामाजिक संघसंस्था र व्यवसायीक क्षेत्रमा लामो अनुभव गर्नुभएका गहतराजले आम व्यवसायीको हक र हितको पक्षमा काम गर्ने बताउनु भएको छ । यस्तै अर्का उमेदवार नरेस कुमार श्रेष्ठको प्रजातान्त्रिक प्यानल पनि चुनावमा होमिएको छ । श्रेष्ठको प्यानललाई कांग्रेस निकट व्यवसायीहरुको समर्थन रहेको छ भने अनिल आचार्यले अध्यक्षमा स्वतन्त्र उमेदवारी दिनु भएको हो । संघको उमेदवारहरुले आ-आफना मुद्दा लिएर मतदाताहरु संगको भेटघाट र चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन् ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।