फोटो फाईल
दाङ,८ असोज । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडिको दायाँतर्फको चक्का फुत्किएर बाहिर निस्किएको छ। बिहीबार नेपालगञ्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको जहाज बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पछाडिको दायाँतर्फको चक्का फुत्किएको हो।
उक्त जहाजमा ७ जना विदेशी नागरिक र ६ जना नेपाली गरी १३ जना सवार रहेका थिए। सवारमध्ये ११ जना पुरुष र २ जना महिला रहेको जनाइएको छ। चक्का फुत्किए पनि जहाजमा सवार सबै यात्रु सकुशल रहेको र अन्य कुनै क्षति नभएको प्रारम्भिक विवरणमा उल्लेख छ। जहाज हाल रनवेमै रहेको जनाइएको छ।
प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।