तुलसीपुर, ८ असोज । दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचन तोकेको मितिमै हुने भएको छ । यहि असोज ११ गते निर्वाचनको मिति तय भएको छ । सोहि अनुरुप निर्वाचन प्रक्रिया अघि बढेको अवस्थामा मनोनयन दर्ताको विषयमा विवाद हुदा रेवतीरमण भट्टराई नेतृत्वको निर्वाचन समितिले राजीनामा दिएको थियो । त्यसपछि उद्योग बाणिज्य संघको पदाधिकारी तथा पुर्व अध्यक्षहरुको सयुक्त बैठकले मणिराम आचार्य-मौसम)को संयोजकत्वमा तिन सदस्यीय निर्वाचन समिति गठन भएको थियो ।
उक्त समिति माथी पनि प्रश्न उठेपछि जिल्ला प्रशासनको पत्राचार भन्दै अध्यक्ष बसन्त जोसीले हाललाई निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिनुभएको थियो । तर संघका पुर्व अध्यक्ष सल्लाहकार नारायण प्रसाद भुसालको अध्यक्षतामा बुधवार बसेको बैठकले तोकिएकै समयमा निर्वाचन हुने निर्णय गरेको छ । बैठकले संघका अध्यक्ष भुसालले कसै संग परामर्श नगरी एकल निर्णय गरेको भन्दै हालसम्म निर्वाचन प्रक्रिया अघि बढि सकेको अवस्थामा तोकेका समयमै निर्वाचन गर्ने निर्णय गरेको हो । संघको नयाँ नेतृत्वको लागी अध्यक्ष पदमा तिन जना चुनावी मैदानमा रहेका छन् । अध्यक्ष पदमा धु्रव कुमार गहतराज नेतृत्वको साझा व्यवसायीक प्यानल, नरेस कुमार श्रेष्ठ नेतृत्वको प्रजातान्त्रिक व्यवसायीक प्यानल र अनिल आचार्यको एकल उमेदवारी रहेको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।