२०८३ असोज ३ गते शनिवार

ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

सिरहा,३ असोज । सिरहाको नरहा गाउँपालिका –०३ रोजी मेडिकलस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले साइकलयात्री र पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।आज शनिबार बिहान गोलबजारबाट मिर्चैयातर्फ जाँदै गरेको ना.४ ख ८५०४ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री सोही स्थान बस्ने अन्दाजी ५१ वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा सोही स्थान बस्ने साइकलयात्री अन्दाजी ४५ वर्षीय राजातुल अंसारीको दुवै खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेकोले स्थानीय मेडिकलमा लगी उपचार भइरहेको छ । दुर्घटनामा ट्रक चालक जिल्ला धनुषाको मिथिला नगरपालिका –०९ बस्ने अन्दाजी २५ वर्षीय कमलेश महतो सकुशल रहेका छन् र उनलाई नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।