२०८३ असोज ३ गते शनिवार

कालापानी सामुदायिक वनबाट १६ फिट लामो अजिङ्गरको उद्वार

दाङ, २ असोज । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ मा रहेको कालापानी सामुदायिक वनबाट अजिङ्गरको उद्वार गरिएको छ । १६ फिट लामो र करिव ५० किलो तौल भएको अजिङ्गरको शुक्रबार सकुशल उद्धार गरिएको हो । स्थानीयको सहयोगमा अजिङ्गरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर सकुशल उद्धार गरेको हो । उद्धारपछि अजिङ्गरलाई डिभिजन वन कार्यालय देउखुरीमा बुझाइएको छ । उक्त अजिङ्गरलाईलआवश्यक प्रक्रिया पूरा गरी प्राकृतिक बासस्थानमा छाडिने बताइएको छ ।

सामुदायिक वनमा च्याउ टिप्न गएका महिलाहरूले अजिङ्गरले वनमा चरिरहेको चित्तललाई खाएर बसेको देखेपछि सामुदायिक वनलाई जानकारी गराए लगत्तै सामुदायिक वन र पत्रकार ओमप्रकाश गुप्ताको पहलमा डिभिजन वन कार्यालय देउखुरीमा खबर गरिएको थियोे । सूचना प्राप्त हुना साथ सर्प उद्वारकर्ता शिवु खनालको नेतृत्वमा डिभिजन वन कार्यालयको टोली उक्त स्थानमा पुगेको थियो ।

प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।