चितवन,२ असोज । चितवनको खैरहनी नगरपालिका–८, चौबिसकोठी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मिनी ट्रक र मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। आज दिउँसोे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.१ क ५०९९ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना.१८ प ५६१२ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक चितवनको खैरहनी नगरपालिका–४, चैनपुर निवासी अन्दाजी २७ वर्षीय राजेश भुजेल घाइते भएका थिए। घाइते भुजेललाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा दिउँसो ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न मिनी ट्रक र चालक बारा सिमरा उपमहानगरपालिका–४ औराह निवासी अन्दाजी ५३ वर्षीय तुलसी राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रवार





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।