२०८३ भाद्र २७ गते शनिवार

लुम्बिनी प्रदेशमा २८ र २९ गते दुई दिन सार्वजनिक बिदा

फोटो फाईल

भालुवाङ २७ भदौ । लुम्बिनी प्रदेश सरकारले थारू समुदायले मनाउने बड्का अटवारी पर्वका अवसरमा प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भदौ २८ गते आइतबार बड्का अटवारी पर्वको अवसरमा दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा सार्वजनिक बिदा दिने भएको छ। यस्तै हरितालिका तीजको अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयले भदौ २९ गते सोमबार हरितालिका तीजका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने जनाएको हो ।प्रदेश राजपत्र भाग-३, खण्ड ९, संख्या १७ मा २०८२ साल चैत २३ गते प्रकाशित सूचना बमोजिम तीजका दिन र बड्का अट्वारी पर्वका सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । मन्त्रालयका उपसचिव प्रेमप्रसाद आचार्यद्वारा जारी सूचना मार्फत प्रदेश सरकार अन्तर्गतका कार्यालय तथा सम्बन्धित सबैलाई बिदाबारे जानकारी गराइएको छ । यससँगै भदौ २८ गते आइतबार बड्का अट्वारी पर्व मनाउने समुदायका लागि र भदौ २९ गते सोमबार लुम्बिनी प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरू बन्द हुने भएका छन् ।

प्रकाशित मिति : २०८३ भाद्र २७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।