२०८३ भाद्र २५ गते बिहिवार

विपद्मा सही सूचना र नागरिक अधिकारलाई प्राथमिकता दिन आग्रह

दाङ, २५ भदौ । विपद्का समयमा सही, विश्वसनीय र समयमै सूचना प्रवाहसँगै प्रभावित नागरिकको सुरक्षा, सम्मान र अधिकार संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। सञ्चारिका समूह दाङले तुलसीपुरमा आयोजना गरेको ‘विपद्मा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा सहभागीहरूले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि राज्य, सञ्चार क्षेत्र, निजी क्षेत्र र नागरिक समाजबीच समन्वय आवश्यक रहेको बताउनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, मानव अधिकारकर्मी एवं पत्रकार सुशील बस्नेत, सञ्चारिका समूह दाङकी सल्लाहकार सुलोचना गौतम, महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी उपाध्यक्ष पदमा चौधरी, पशुपति सहकारी संस्थाकी अध्यक्ष यमुना कँडेल शाह, नेपाल पत्रकार महासंघ दाङका पूर्वउपाध्यक्ष बसुन्धरा गौतम, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अञ्जना चौधरी, जिल्ला उपाध्यक्ष यमकला भुषाल, चलचित्र पत्रकार संघ दाङका अध्यक्ष निरला अर्याल, जनजाति पत्रकार संघ दाङका सचिव एचआर मगर, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, सामाजिक रूपान्तरण मञ्चका अध्यक्ष सुशीला आचार्य र थारु पत्रकार संघ दाङका अध्यक्ष नीता चौधरीलगायतले विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, सूचना प्रवाह, राहत तथा पुनःस्थापनाका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

सञ्चारिका समूह दाङकी अध्यक्ष रञ्जिता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष उमा भण्डारीले स्वागत मन्तव्य तथा सदस्य जयन्ती चौधरीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण समूहकी सचिव दीप्तिशिखा चौधरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ भाद्र २५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।