२०८३ भाद्र २६ गते शुक्रवार

अनलाइन सट्टेबाजी खेल्ने खेलाउने ३ जना पक्राउ

झापा,२५ भदौ। झापाको बिर्तामोडमा कानूनविपरीत अनलाइन सट्टेबाजी खेल्ने तथा खेलाउने गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–४ निवासी ४९ वर्षीय किरण कन्दङ्वा, सोही ठाउँका ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्ज्वल गुरागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफेको परिसरमा अनलाइन सट्टेबाजी खेल्ने–खेलाउने कार्य भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले बुधवार बिहान साढे ९ बजे उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट अनलाइन सट्टेबाजी गतिविधिमा प्रयोग भएको आशङ्का गरिएका विभिन्न विद्युतीय उपकरणहरू समेत बरामद गरिएको छ। उनिहरु विगत लामो समयदेखि अनलाइन सट्टेबाजीसम्बन्धी खेलहरू खेलाउने कार्य गर्दै आइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।