२०८३ भाद्र २५ गते बिहिवार

दाङमा ११ नाल अवैध भरुवा बन्दुक बरामद

दाङ, २५ भदौ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका ११ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अवैध हतियार लुकाएर राखिएको विशेष सूचनाका आधारमा प्रहरीले आज बिहान ६ बजेदेखि १० बजेसम्म विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरेको थियो। सो क्रममा जंगल तथा सामुदायिक वन क्षेत्रबाट ११ नाल भरुवा बन्दुक बरामद गरिएको हो।

प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–३ स्थित शिरखर्क राष्ट्रिय वनबाट ६ नाल, बंगलाचुली गाउँपालिका–६ स्थित कर्णापानी सामुदायिक वनबाट २ नाल र लमही नगरपालिका–७ स्थित नवशान्ति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुक बरामद गरिएको छ। बरामद भएका सबै बन्दुक प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।