२०८३ भाद्र २५ गते बिहिवार

दाङमा एकै दिन ११ वटा भरुवा बन्दुक बरामद

फोटो फाईल

तुलसीपुर, २५ भदौ । दाङमा प्रहरीले एकै दिन ११ वटा अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज-विहिवार) विहान ६ बजेदेखी दश बजे सम्म विशेष खोजी अभियान अन्र्तगत विभिन्न स्थानबाट लुकाई राखीएको अवैध बन्दुक फेला परेको हो ।

विशेष सुचनाको आधारमा खटीएको प्रहरीको टोलीले घोराही १ सिरुखर्क राष्ट्रिय वनबाट ६ वटा, बंगलाचुली गाउँपालिका ८ कएनापानी सामुदायिक वनबाट २ वटा र लमही नगरपालिका वडा नम्वर ७ नवशान्ती सामुदायिक वनबाट ३ वटा अवैध भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी एवं डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ भाद्र २५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।