काठमाण्डौं,२३ भदौ । सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो । आज सुन तोलाको ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १०० रुपैयाँले बढेर तोलाको ४ हजार ७९० रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि हिजो चाँदी तोलामा ७५ रुपैयाँले घटेर तोलाको ४ हजार ६९० रुपैयाँमा करोबार भएको थियो ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।