२०८३ भाद्र २२ गते सोमवार

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै

फोटो फाईल

काठमाण्डौ, २२ भदौ । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशकारी घटनाको १३ औँ दिनमा आज राष्ट्रिय शोक मनाउन लागिएको हो । मृतकप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ । तर सार्वजनिक बिदा भने नरहेको सरकारले प्रष्ट पारेको छ ।

राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्र्दै सम्पर्कमा नरहेकाहरुको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने तथा पुनर्स्थापना र पुनर्निर्माण गर्ने राष्ट्रिय संकल्पको दिनसमेत हो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चार हजार ९९६ जना अझै सम्पर्कविहीन छन् । खोजी र उद्धारको काम निरन्तर भैरहेको प्राधिकरणले जनाएको छ ।बाढीपछि घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने काम पनि भैरहेको छ । उद्धार गरिएका नागरिकको तत्काल व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ ।अहिले तीन हजारभन्दा धेरै नागरिक होल्डिङ सेन्टरमा रहेका छन् । उद्धार र राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणको काम पनि शुरु भएको सरकारले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।