२०८३ भाद्र २३ गते मङ्गलवार

राज्यले खानेपानी संस्थामा विद्युत महसुलमा कर लगाउनु उचित होईन : अध्यक्ष ओली

तुलसीपुर, २१ भदौ । राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले आम उपभोक्ताका लागि स्वच्छ तथा सुरक्षित पिउने पानी मानव जीवनको मौलिक अधिकार भएको बताउनुभयो। तुलसीपुर १६ मा रहेको मानपुर गौरिडाँडा खानेपानी उपभोक्ता संस्थाको आज आईतवार सम्पन्न भएको तेस्रो साधारणसभालाई सम्वोधन गर्दै उहाले यस्तो बताउनु भएको हो । उहाले खानेपानीको दायित्व सरकारले लिनुपर्नेमा जोड दिँदै उपभोक्ताले आफ्नो मेहनतबाट कमाएको रकमबाट सञ्चालन तथा संरक्षण गर्दै आएका संस्थामाथि विद्युतमा १३ प्रतिशत कर लगाउनु उचित नभएको बताउनुभयो ।

साथै विद्यमान ऐन तथा कानुनमा खानेपानी उपभोक्ता संस्था खारेजी तथा विघटन सम्बन्धी व्यवस्था राखिनु जनताले आफ्नै पहल र लगानीमा सञ्चालन गरेका खानेपानी संस्थाको अधिकारमाथि हस्तक्षेप भएको उहाँको भनाइ थियो। जनताको सहभागिता र लगानीमा सञ्चालित खानेपानी संस्थालाई संरक्षण गर्दै उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

संस्थाका अध्यक्ष भूपबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कबिराज ओलीले स्वागत मन्तव्य व्यत्तः गर्नुभएको थियो ।सो अवसरमा संस्थाका सचिव मिनराज ओलीले सांगठनिक र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको वार्षिक आर्थिक प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो। कार्यक्रमको सहजीकरण संस्थाका सचिव मिनराज ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ भाद्र २१ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।