२०८३ भाद्र १९ गते शुक्रवार

तुलसीपुर सुनचाँदी ब्यवसायीद्धारा बाढि पिडितका लागी डेढ लाख बढि सहयोग

फोटो फाईल

तुलसीपुर, १८ भदौ । तुलसीपुर दाङ सुनचाँदी ब्यवसायी संघले भोटेकोशी नदी र त्रिशुली नदीमा अकस्मात आएको विनाशकारी बाढि पिडितहरुका लागी डेढ लाख बढि आर्थिक सहयोग गरेको छ । संघले नेपाल सुनचाँदी व्यवसायी महासंघ मार्फत बाढि प्रभावितहरुका लागी एक लाख साठी हजार चार सय पच्चिस रुपैया आर्थिक सहयोग गरेको महासचिव तुलसीराम सुनारले जानकारी दिनुभयो । संघका अध्यक्ष हरिकृष्ण विकको अघुवाईमा संस्थामा आवद्ध सदस्यहरु र व्यवसायीहरुबाट स्वेच्छिक रुपमा आर्थिक सहयोग संकलन महासंघ मार्फत प्रधानमन्त्री राहत कोषमा सहयोग रकम पठाएको उहाले बताउनु भयो ।

गत भदौ १० गते तिब्बत तर्फबाट भोटेकोशी नदी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ हुँदै चितवन सम्मका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रति संघले दुःख व्यक्त गरेको छ ।साथै संघका अध्यक्ष हरिकृष्ण बिकले यस अघि तुलसीपुर उद्योग बाणीज्य संघले आह्वान गरेको राहत संकलनमा सुनचाँदी व्यवसायीहरुले स्वच्छिक आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । यो विपदको समयमा बाढि प्रभावितहरुका लागी सवैले सक्दो सहयोग गर्नुपर्ने उहाले बताउनुभयो ।

प्रकाशित मिति : २०८३ भाद्र १८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।