दाङमा छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मुत्यु, दुई घाईते

तुलसीपुर, २७ कात्तिक । दाङमा टिप्परले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् ।ज्यान जानेमा घोराही उपमहानगरपालिका १६ सानीअम्बापुर निबासी ४२ बर्षिय तेजबहादुर खत्री रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक बिबेक महराले जानकारी दिएका छन् । घोराही तुलसीपुर सडक खण्डको रावतगाउँ चोक नजिकै मंगलवार विहान ११ :५५ वजेतिर टिप्परले ठक्कर दिदा मोटरसाईकलमा सवार खत्रीको घटना स्थलमै ज्यान गएको बताईएको छ ।

घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाईकललाई सोहि दिसा तर्फ आउदै गरेको रा १ क ५८२ नम्बरको टिप्परले ठक्कर दिएको प्रहरी नायव निरिक्षक महराले जानकारी दिएका छन् ।सोहि दुर्घटनामा परि मोटरसाईकल चालक सानी अम्वापुरकै बसन्त गिरी घाईते भएका छन । उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ ।

ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिईसकेको जनाईएको छ । उता पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा गएराती लु २१ प ५३४८ नंम्वरको मोटरसाइकलले ठक्कर दिदा एक जनाको ज्यान गएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।मृतक अन्दाजी ६० वर्षीय पुरुषको पहिचान हुन सकेको छैन ।

मृतकको शवलाई अहिले लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी मोटरसाईकल चालक प्यूठान माण्डवी गाउँपालिका–१ कुमलटारका २० वर्षीय कमल अधिकारी घाइते भएका छन् । उनलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लगिएको प्रहरिले जानकारि दिएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया