काठमाडौं,१८ भदौ । रसुवास्थित भोटेकोसी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३ बालिका, २३६ महिला, ४०६ पुरुषको शव फेला परेको छ । ४२१ आंशिक अंग, ८२ लिंग नखुलेको गरी एक हजार २२२ शव फेला परेको हो ।
हालसम्म ८ सय ८२ शव जमिनमुनि व्यवस्थापन गरिएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म एक हजार ९२ शवको डीएनए संकलन गरिएको छ । ५ सय ६३ बेपत्ताका आफन्तको डीएनए संकलन गरिएको छ । जम्मा एक हजार ६ सय ५५ डीएनए संकलन गरिएको छ ।बेपत्ताको संख्या चार हजार ८७५ रहेको छ । यसमा विदेशीको संख्या ६ सय १ जना रहेका छन् ।
प्रकाशित मिति : २०८३ भाद्र १८ गते बिहिवार






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।