२०८३ भाद्र १७ गते बुधवार

दाङका रसुवा बाढिका कारण सम्पर्कविहीन हुनेको संख्या ५४ पुग्यो

दाङ,१७ भदौ । रसुवामा आएको बाढीका कारण सम्पर्कविहीन हुने दाङका नागरिकको संख्या ५४ पुगेको छ। बुधबार साँझ ६:३० बजेसम्मको अद्यावधिक विवरणअनुसार दाङको राप्ती गाउँपालिका–४ निवासी २२ वर्षीय सिजन चौधरी पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। चौधरी रसुवामा काम गर्दै आएको जनाइएको छ।

सिजन चौधरी थपिएसँगै रसुवा बाढीमा सम्पर्कविहीन हुने दाङका नागरिकको संख्या ५४ पुगेको हो। तीमध्ये ४५ जना पुरुष र ९ जना महिला रहेका छन्। हालसम्म ५ जना पुरुष भने परिवार तथा आफन्तको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।