पाँच बुदे सहमति पछि आफन्तले शव बुझे

तुलसीपुर २६ कात्तिक
पाँच बुदे सहमति पछि आफन्तले शव बुझेका छन् । बसको ठक्करबाट बबई गाउँपालिका ५ बगरपुर निवासी २२ बर्षका मानसीङ वलीको गत २४ गते मृत्यु भएपछि आफन्तले उचित क्षेतिपूर्तिको माग गर्दै शव उठाउन मानेका थिइएनन् ।
पिडितलाई विमा वापत पाँच लाख ३५ दिन भित्र उपलब्ध गराउने, थप एक लाख ५० हजार चैत्र २५ गते सम्म दिने, बबई गाउँपालिकाले पिडितलाई रोजगारीको अवसर सृजना गर्ने, गाउँपालिकाले उचित राहातका लागि पहल गर्ने र किरीया खर्चवापत तत्तकाल ५० हजार दिने सहमति भएपछि आफन्तले ३ दिन पछि शव बुझेका हुन् । स्थानीय प्रशासन, नागरिक समाज, प्रालि र पिडित पक्ष विच पटक पटक भएको छलफल र वार्ता पछि सहमति भएको राप्ती यातायात सेवा प्रालिका अध्यक्ष विनोद शर्माले जानकारी दिनुभयो । पिडित पक्षले विभिन्न माग राखी सडक अवरुद्ध पारेपछि त्यस क्षेत्रको जनजिवन कष्ठकर बनेको थियो । पुरन्धाराको छहराबा तुलसीपुर तर्फ आउँदै गरेको ना२ख ९६३५ नम्बरको बसले कात्तिक २४ गते बगरपुरमा ठक्कर दिदा वलीको घटना स्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले आफु सुरक्षाका लागि बाहिर बसेकाले सबै कुरा थाहा नभएको बताए । ‘म बार्तामा बसेन,’ घर्तीले भने, ‘कानुन अनुसार काम गर्ने सहमति पछि सब आफन्तले बुझने भन्ने सुने ।’

प्रकाशित मिति : २०७५ कार्तिक २६ गते सोमवार
प्रतिक्रिया