२०८३ भाद्र १६ गते मङ्गलवार

दाङका सिडिओले भने शान्तिनगरको घटना बारे एक/दुई दिनमै छलफल गछौँ

फोटो फाईल

तुलसीपुर, १६ भदौ । दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेले पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नम्वर ३ भलानेटीमा भएको घटनाका बारेमा एक /दुई दिनमै छलफल गर्ने तयारी गरेको बताउनु भएको छ । तुलसीपुर खवरसंगको कुराकानीमा उहाले पिडितहरुको तर्फबाट कार्यालयमा निवेदन समेत आएकाले अबको एक/दुई दिनमै उक्त घटनाको बारेमा छलफल गर्ने उहाले बताउनुभयो । उहाले डोजर लगाएर घर भत्काएको विषयमा सम्पुर्ण जानकारी लिन बाँकी रहेको बताउदै उहाले यस बारेमा आफुले बास्तविकता बुझेर मात्रै कारवाही प्रक्रिया अघि बढाउने बताउनु भएको छ ।

उहाले एउटा बैठकमा अध्यक्ष संग भेट भएको बेला घटना बारेमा सामान्य छलफल समेत गरेको बताउनुभयो । उहाले भोली बुधवार जिल्ला सभा भएकाले पर्सी विहिवार घटनाका बारेमा छलफल हुने बताउनुभयो । केहि दिन अघि शान्तिनगर ३ भलानेटी स्थित सामुदायिक वन क्षेत्र अतिक्रमण गरी घर बनाईएको भन्दै केहि मानिसहरुले स्थानिय पुर्ण परियारको घर सहित अन्य केहिको घरसंरचना जेसीवी लगाएर भत्काई दिएका थिए ।

पिडित पुर्ण परियार लगाएतले आफुहरुको घर जवरजस्ती भत्काईएको भन्दै हारगुहार गरेपछि अधिकारकर्मी र सरोकारवालाहरुले स्थानिय प्रशासन र जिल्ला प्रशासन कार्यालयमा पुगेर पिडितलाई न्याय र दोषीलाई कारवाहीको माग गरेका थिए । तर घटना भएको हप्तादिन वित्नै लाग्दा समेत प्रशासनले कारवाही प्रक्रिया अघि बढाउन आनाकानी गरेको पिडित पक्षले गुनासो गरेका छन् ।

प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।