फोटो फाईल
दाङ,१६ भदौ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ स्थित रातोपहरा सामुदायिक वनको ओढारबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी सिम्रुतुबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने क्रममा ओढारमा लुकाइराखिएको अवस्थामा ती भरुवा बन्दुक फेला पारी बरामद गरेको हो।
बरामद भएका बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएको भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान तथा छानबिन गरिरहेको जनाएको छ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।