२०८३ भाद्र १५ गते सोमवार

बाढी पीडितका लागि एमालेले १ करोड २० लाख रुपैयाँ दिने

दाङ,१५ भदौ । नेकपा (एमाले) ले रसुवा बाढीका पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले यो सहयोगको घोषणा गर्नुभएको हो ।

त्यस अवसरमा एमालेको बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीका तर्फबाट १०–१० लाख गरी २० लाख रुपैयाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको थियो । सहयोग ग्रहण गर्दै ओलीले पार्टीले केन्द्रीय तहबाटै विपद् व्यवस्थापनका लागि कोष परिचालन गर्ने र त्यसमा कम्तीमा १ करोड २० लाख रुपैयाँ सङ्कलन गरिने बताउनुभयो ।

प्रकाशित मिति : २०८३ भाद्र १५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।