चरेस मुद्दाका फरार अभियुक्त तिन वर्ष पछि पक्राउ

तुलसीपुर, २५ कात्तिक ।लागू औषध चरेस मुद्दाका फरार अभियुक्त तीन वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुमाख गाउँपालिका वडा नम्बर ३ साविकको कालागाउँ गाविस वडा नम्बर ३ का २६ वर्षिय टेक बहादुर वस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
उनलाइ लागू औषध चरेस मुद्दामा २०७२ माघ ६ गते बांके जिल्ला अदालतले १० महिना १६ दिन कैद सजाय सुनाएको थियो । टेक बहादुरलाइ शनिबार उनकै गाउँबाट पक्राउ गरि आवश्यक कारवाहिका लागी जिल्ला अदालत सल्यानमा बुझाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी विरेन्द्र बहादुर शाहीले जानकारि दिएका छन् ।

प्रकाशित मिति : २०७५ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया