२०८३ भाद्र ५ गते शुक्रवार

दाङका युवक हत्या प्रकरण : फरार रहेका पटेल मकवानपुरबाट पक्राउ

फोटो फाईल

काठमाडौं,५ भदौ । काठमाडौंको शंखमुलस्थित भ्याली ब्याइज होस्टलमा दाङका एक युवकको हत्या आरोपमा फरार प्रमित पटेल पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१० शंखमुलको उक्त होस्टलमा बस्ने दाङ घोराही उपमहानगरपालिका १७ का २२ वर्षीय वसन्त कालाथोकीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । उनीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका ३ का १८ वर्षीय शेखर यादव र २० वर्षका प्रमित पटेलले धारिलो हतियार प्रहार गरी कुटपिट गरेका थिए ।घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीन भवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो ।

टाउको र घाँटीमा गम्भीर चोट लागेका उहाको उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न शेखर यादवलाई यसअघि नै नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न पटेल भने फरार थिए। उहालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा मकवानपुरको भैंसेबाट पक्राउ गरिएको हो । पक्राउ परेका पटेकललाई काठमाडौं ल्याइँदै रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो । उहाका अनुसार घटनाको थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया