दाङ,५ भदौ । लुम्बिनी प्रदेशमा ७८ दिनको अवधिमा ९१ वटा विपद्का घटना भएका छन् । ती घटनाबाट ८५ जनाको मृत्यु, १३ घाइते र दुई जना बेपत्ता भएका छन् । लुम्बिनी प्रदेशको रोल्पामा मात्र विपद्बाट २० जनाको मृत्यु भएको छ । बाढीका चार, चट्याङका सात, पहिरोका १० तथा अधिक वर्षाका कारण ६ वटा घटना भएका छन् । यो अवधिमा पानीमा डुबेर मात्र ५८ जनाको मृत्यु भएको छ । बाढीमा परेर ४, चट्याङमा परेर ३, पहिरोमा परेर २० जनाको मृत्यु भएको छ ।
रोल्पामा यस वर्षको मनसुनजन्य विपद्का घटनाबाट चार स्थानीय तहमा २० जनाको मृत्यु भएको छ । थवाङमा मात्रै १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र दुई जना घाइते भएका छन् । सुनछहरी गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ । लुङ्ग्री र परिवर्तन गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । चार स्थानीय तहमा गरी ११ घरधुरी विपद्बाट विस्थापित भएका छन् । चार स्थानीय तहमा गरी ३ सय १८ घरधुरी जोखिममा परेका छन् ।





