पश्चिम दाङमा बसको ठक्करबाट एक जनाको मुत्यु

तुलसीपुर , २५ कात्तिक ।

पश्चिम दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नम्वर ५ बगरपुरमा शनिवार साँझ साढे ५ बजे ना २ ख ९६३५ नम्वर बसले ठक्कर दिदा सोही ठाउँका २२ बर्षीय मानसिंङ वलीको मृत्यु भएको शसस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प तुलसीपुरका प्रहरी निरीक्षक असोक न्यौपानेले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया