२०८३ भाद्र ३ गते बुधवार

आज सुनको भाउ २ हजार ७ सय रुपैयाँले घट्यो

काठमाण्डौं,३ भदौ । आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो । हिजो तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँ रहेको सुनको भाउ आज तोलाको ३ लाख ४ हजार १०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार र सोमबार भने सुनको भाउ बढेको थियो । त्यस्तै, आज चाँदी पनि तोलामा १६० रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ७५५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर ४ हजार ५९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार
प्रतिक्रिया