भाइटीकाकै दिन जीप दुर्घटना, बाबुछोरीको मृत्यु

तुलसीपुर, २५ कात्तिक । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –३, दहखोलामा शुक्रवार भएको जीप दुर्घटनामा परि घाइते भएकी बालिकाको पनि उपचारको क्रममा निधन भएको छ । शुक्रबार बेलुका लु १ ज २६६८ नम्बरको जीप दुर्घटनामा परि गम्भीर घाइते भएकी आठबीसकोट नगरपालिका –१, स्यालाखदीकी ५ वर्षीया बालिका पार्वती विकको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

बाँफिकोट गाउँपालिका –३, स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा चालक आठबीसकोट नगरपालिका वडा नम्बर –१, स्यालाखदीकै २८ वर्षीय टेकमान विकको शुक्रबार नैमृत्यु भएको थियो । पार्वती र टेकमान बाबुछोरी हुन् । टेकमानले छोरीलाई लिएर नेपानेमा रहेको ससुरालीतर्फ जाँदै गर्दा जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । सडक साघुरो भएकाले उक्त दुर्घटनाको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया