तुलसीपुर ३० साउन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्रीमा रहेको नर्सिङ गुफा संरक्षण समितिको साधारण सभा शनिबार राम्रीमा सम्पन्न भएको छ । समितिका अध्यक्ष खोमलाल पुनको अध्यक्षता तथा वडा अध्यक्ष वीरबहादुर बिकको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। सो अबसरमा वडा सदस्यहरु कर्णबहादुर बुढा, राजेन्द्र गुरुङ, पत्रकार भुवन थापा लगायतले मन्तव्य राख्नुभएको थियो।
साथै कार्यक्रममा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सभाले नयाँ नेतृत्व सर्बसहमत चयन गरेको छ ।
जसको अध्यक्षमा बुद्धसिंह राजकोटी चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा रविबहादुर बुढा,सचिबमा बिमला खड्का, सहसचिवमा रमित पुन र कोषाध्यक्षमा पोषण सिजाली थापा चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा भिखु ओली,रामकली पुन, चुडामणि सापकोटा र हिउपि ओली रहनुभएको छ । निर्बाचित पदाधिकारीको तीन वर्षे कार्य अबधी हुनेछ ।





