२०८३ साउन ३१ गते आइतवार

विपदजन्य घटनामा परी १३ जनाको मृत्यु

फोटो फाईल

काठमाण्डौ, ३० साउन । नेपालमा मनसुनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका ४३ जिल्लामा ५२ वटा विपदका घटना भएका छन् । जसमा ४३ जना घाइते भएका छन्।

विपदका कारण देशभर १२ स्थानमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ भने अनुमानित ६ लाख ४७ हजार रूपैयाँ बराबरको भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ। विपद प्रतिकार्य तथा उद्धारका लागि देशभर २ सय ६१ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। दुई जनाको सकुशल उद्धार गरिएको छ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिवार
प्रतिक्रिया