तुलसीपुर र दंगिशरणबाट जुवाडे पक्राउ, २ लाख ७६ हजार रुपैया बरामद

तुलसीपुर,२४ कार्तिक ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले आज विहान दुई ठाउबाट जुवाडेलाई प्रक्राउ गरेको जनाएको छ । विहान दुई बजेको समयमा तुलसीपुर उपमहानगरपालीका वडा नं.१२ टरिगाउ स्थित रमेश चौधरीको घरमा जुवा खेली रहेको भन्ने गोप्य सुचनाका आधारमा गएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट ८७ हजार ३ सय रुपैया सहित रातो रंगको तास ५२ पत्ती, कालो रंगको तास १ सय ४ पत्ती र दरी थान १ बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको बारेमा प्रहरीले जानकारी दिएको छैन । यस बारे थप अनुसन्धान भई रहेको छ ।

यस्तै आज विहान एक बजेको समयमा दंगिशरण गाउपालीका वडा नं.२ स्थित दिल बहादुर शाहको घर बाट पनि जुवाडेलाई पक्राउ गरेको छ । कौडा खेली रहेको भन्ने गोप्य सुचनाका आधारमा गएको प्रहरी टोलीले १ लाख ८९ हजार ४ सय ६० रुपैया ,कौडा थान ४८ र दरी थान १ सहित जुवाडेलाई पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २४ गते शनिवार
प्रतिक्रिया