२०८३ साउन २८ गते बिहिवार

अपडेट : रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो, अझै ८ जना वेपत्ता

फोटो फाईल

रोल्पा, २८ साउन । रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा गएरातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गएराति पौने ९ बजे घरमाथिबाट अचानक पहिरो खसेको पहिरोले ६ वटा घर तथा गोठ पुरेको थियो । प्रहरीका अनुसार पहिरोमा परी थबाङ गाउँपालिका–५ का ६० वर्षीय कमल बहादुर पुनमगर, १८ वर्षीय शान्ती पुनमगर, ८० वर्षीया मनखना पुनमगर, ७५ बर्षिय दलबहादुर पुन मगर र ८५ बर्षिया हस्तकला रोका मगरको मृत्यु भएको छ ।

पहिरोमा परेर दुई जना घाईते भएका छन् । घाईते हुनेमा सोहि वडाका २२ बर्षिय हिमाल पुन मगर र २५ बर्षिय संजय घर्ती मगर रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै प्रहरीका अनुसार पहिरोमा परी अझै ८ जना बेपत्ता भएका छन् । वेपत्ता हुनेमा कमल पुन मगरका छोरी ४० बर्षिकी जुन कुमारी पुन मगर, ९ बर्षिय अशिम पुन मगर, ६ बर्षिय अशोक पुन मगर, ७५ बर्षिय डल बहादुर पुन मगर, ८० बर्षिय अजम्बर पुन मगर, ७८ बर्षिय बल बहादुर पुन मगर, ७२ बर्षिय लिल बहादुर पुन मगर र ७१ बर्षिया मनि पुन मगर रहेका छन् । घटनास्थलको भौगोलिक विकटता र पहिरोको जोखिम भएकाले खोज तथा उद्धारमा कठिनाइ भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहिवार
प्रतिक्रिया