तुलसीपुर, २८ साउन । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाको आयोजना तथा ईपिकको सहयोगमा आजदेखी तुलसीपुर ९ दोघरेमा पालिका स्तरिय दुई दिने समिक्षा बैठक सुरु भएको छ । उपप्रमुख स्यानी चौधरीको अध्यक्षता एबम् नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द सिवाकोटीको विशिष्ट आतिथ्यतामा बैठक सुरु भएको हो ।भोली सम्म संचालन हुने बैठकमा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन भएका स्वास्थ्य कार्यक्रमहरुको समिक्षा , हरेक स्वास्थ्य संस्था लगाएत पालिका भित्र स्वास्थ्य क्षेत्रमा भएका उपलब्धी, चुनौती र आगामी योजनाका बारेमा बृहत छलफल हुने भएको छ ।
सो अवसरमा जनस्वास्थ्य महाशाखाले स्वास्थ्य सेवा तथ्य पत्र सार्वजनिक गरेको थियो । जसमा स्वास्थ्य क्षेत्रमा काम गर्ने संघसंस्थाहरुको विवरण,स्थास्थ्य क्षेत्रमा गरिएका उपलब्धी , खोप सेवा ,नवजात शिशु तथा बालबारोगको एकीकृत व्यवस्थापन र पोषण सेवा तथा मातृ तथा नवजात सेवा लगाएतका विषयमा प्रगती प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो । जनस्वास्थ्य महाशाखा प्रमुख ओम प्रकास न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक विमल केसीले गर्नुभएको थियो ।





