२०८३ साउन २७ गते बुधवार

सल्यानमा विभिन्न मुद्दाका ३ जना फरार अभियुक्त पक्राउ

फोटो फाईल

सल्यान, २७ साउन । जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–११ का २९ वर्षीय सुमन केसी रहेका छन्। उहालाई चोरी मुद्दामा अदालतले ४० हजार १ रुपैयाँ जरिवाना तोकेको थियो । त्यस्तै, सल्यान सिद्धकुमाख गाउँपालिका–१ का ४२ वर्षीय हिरालाल बुढाथोकी पक्राउ परेका छन्। अदालतको फैसला अनुसार उहालाई चेक अनादर मुद्दामा इक हजार जरिवाना गरेको थियो ।

यसैगरी, सल्यान कुमाख गाउँपालिका–६ का २७ वर्षीय टिकराम रावत पनि पक्राउ परेका छन्। उनी विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका थिए। उनी विरुद्ध अदालतले दोषी ठहर गर्दै दुई महिना कैद र दुई हजार रुपैया जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सल्यान जिल्ला अदालतमा पेश गरेको जनाएको छ। प्रहरीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिदै आएको जनाएको छ। पछिल्लो समय सल्यान प्रहरीले फैसला कार्यान्वयनका लागि फरार प्रतिवादी पक्राउमा सक्रियता बढाएको छ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार
प्रतिक्रिया