फोटो फाईल
काठमाण्डौ, २६ साउन । सुनचाँदीको मुल्य पछिल्नो साता लगातार बढेको छ । लगातर बढेको सुनको भाउ हिजो सोमवार दुई सय रुपैयाले घटेको थियो । आज एकैदिन तोलामा ६ हजार ४०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन आज तोलाको ३ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि हिजो तोलाको ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि बढेको छ ।चाँदी आज तोलामा ११० रुपैयाँले बढेर तोलाको ४ हजार ७८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ६७० रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : २०८३ साउन २६ गते मङ्गलवार





