२०८३ भाद्र २४ गते बुधवार

सहकारी पिडितले अध्यक्ष घर घेराउ गर्ने तयारी

फोटो फाईल

काठमाण्डौ, २५ साउन । काठमाडौंको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले सहकारीका अध्यक्ष दिनेश दर्शनधारीको घर घेराउ गर्ने तयारी गरेका छन् । सहकारीको डेढ अर्ब रकम अपचलन गरेर लामो समयदेखि फरार उनलाई यही साउन २९ गतेभित्र पक्राउ नगरे घर घेराउ गर्ने बचतकर्ताहरुको निर्णय छ ।

सहकारी पीडित संघर्ष समितिका अध्यक्ष कञ्चन महर्जनको नेतृत्वमा हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो । उनीहरुले कीर्तिपुर प्रहरी वृत्तमा पुगेर नायब उपरीक्षक ९डिएसपी० शिवकुमार बुढाथोकीलाई पनि यसबारे जानकारी गराएका छन् ।

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।