घोराही, २५ साउन । नेपाल रेडक्रस सोसाइटी जुनियर युवा समिती दाङको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी घोराही नगर शाखाको सहआयोजनामा घोराहीमा गठित रेडक्रस सर्कलका शिक्षक नायकहरुलाइ डेङु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम घोराहीमा सम्पन्न भएको छ। जनस्वास्थ प्रबर्धन शाखा घोराहीको प्राबिधिक सहयोगमा भएको अभिमुखिकरणमा स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले सहजिकरण गर्नु भएको थियो ।
उहाले डेङु रोगको लक्षण , यसबाट बच्ने उपाय , प्रभाब र नेपाल सरकारको भाबी रणनितीका बारेमा जानकारी दिनुभएको थियो । घोराही क्षेत्रका शिक्षक नायक र स्वमसेवक गरि ३७ जनाको सहभागिता रहेको थियो । जुनियर युवा रेडक्रस दाङका संयोजक भिम लाल मरासिनिको अधयक्षता तथा रेडक्रस दाङका मन्त्री प्रकाश श्रीबन्दको प्रमुख आतिथ्यतामा भएको थियो । घोराहीका थम्मन चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब इन्द्र बुढाथोकीले गर्नु भएको थियो ।





