२०८३ भाद्र २४ गते बुधवार

जनकपुरधाममा एक वडा अध्यक्षको निधन

फोटो फाईल

जनकपुरधाम, २५ साउन । जनकपुरधाम उपमहानगरपालिका–६ का वडा अध्यक्ष दिनेशप्रसाद साहको निधन भएको छ । आज बिहान ५ बजे उहाको असामयिक निधन भएको हो । उपमहानगरपालिकाले उहाको निधनमा शोक संदेश जारी गर्दै आज एक दिनका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।

उपमहानगरपालिकाका अधिकृत दशौं मेहीलाल यादवले जारी गरेको शोक संदेशमा कार्यालय तथा मातहतका सबै वडा कार्यालयका सेवा बन्द रहने उल्लेख छ । उपमहानगरपालिकाले दिवंगत साहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।