फोटो फाईल
कपिलबस्तु,२४ साउन । विगत तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत भेटिनु भएको छ । सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आज आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख, एसपी मनोहर भट्टले जानकारी दिनुभयो । ६५ वर्षीय सिंह गत शुक्रबार करिब २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किनु भएको थियो ।
पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उहाले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो । सिंहको खोजीका लागि गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको उहाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८३ साउन २४ गते आइतवार





