२०८३ साउन २५ गते सोमवार

राप्ती चेम्बर अफ कमर्सको चौथो वार्षिक साधारणसभा, कालोबजारी नगर्न उद्योगी व्यापारीहरूलाई सुझाव

फोटो फाईल

भालुवाङ २३ साउन । राप्ती चेम्बर अफ कमर्सको चौथो वार्षिक साधारणसभा शनिबार राप्ती गाउँपालिका-५ सिसहनियाँमा सम्पन्न भएको छ । चेम्बरका अध्यक्ष बसन्त बहादुर कुवर क्षेत्रीको अध्यक्षता एवम् नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश सदस्य शंकर गौतमको प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै चेम्वरका प्रदेश सदस्य गौतमले उद्योगी, व्यापारीहरूलाई नाफा कमाउने नाममा कालोबजारी नगर्न सुझाव दिनु भएको छ ।

उहाले पैसाको प्रलोभनमा कसैले पनि उपभोक्ता माथी बदमासी गर्न नहुनेमा जोड दिनुभयो । उहाले सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई इमानदारीतापुर्वक काम गर्न पनि सुझाव दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गौतमले बजार देखिने हरेक व्यथितीको नियन्त्रण गर्न अनुगमन तथा नियमन गर्न सवैको साझा दायित्व भएको बताउनुभयो । साथै उहाले व्यवसायीहरूलाई आत्मनिर्भर हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार समय अनुकूल आफुलाई पनि परिवर्तित हुन सुझाव दिनुभयो ।

सभामा वार्षिक प्रगति प्रतिवेदन महासचिव खेमराज अर्याल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अर्जुन कुमार क्षेत्रीले प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी, प्रगतिनगर शहरी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाका अध्यक्ष तिर्थराज ज्ञवाली, इलाका प्रहरी कार्यालय सिसहनियाँका निमित्त कार्यालय प्रमुख प्रहरी सहायक निरिक्षक मदन एमसी, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारी, लालमटिया बजार व्यवस्थापन समितिका अध्यक्ष नारायण भुसाल र कृषि चेम्बर अफ कमर्सका अध्यक्ष प्रेमलाल चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियोे । चेम्बरकी दोस्रो उपाध्यक्ष लक्ष्मी पोख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गर्नु भएको थियोे ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिवार
प्रतिक्रिया