२०८३ साउन २३ गते शनिवार

पश्चिम दाङमा विद्युत मर्मत कार्य जारी,सेवा सुचारु हुन अझै केहि समय लाग्ने

फोटो फाईल

तुलसीपुर, २३ साउन । पश्चिम दाङमा आज विहानै देखी विद्युत सेवा अवरुद्ध भएको छ । हापुरे तुलसीपुर ३३ केभी लाईन मर्मत कार्य भईरहेकाले तुलसीपुर र अश्वारा सवस्टेशन अन्र्तगत तुलसीपुर सहित पश्चिम क्षेत्रका विभिन्न स्थानमा विहान ६ बजेदेखी विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जानकारी दिएको छ ।आज शनिवार भएकाले पश्चिम दाङको हापुरे देखी तुलसीपुरको ३३ केभी लाईन मर्मत तथा बुस कटिङ कार्य भईरहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार निर्धारित समयमा मर्मत कार्य नसकीएको हुँदा केहि समय ढिला भएको हो । अहिले पनि विभिन्न स्थानमा मर्मत कार्य भईरहेकाले अवरुद्ध विद्युत सेवा सुचारु हुन अझै केहि समय लाग्ने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो समाचार तयार पार्दा सम्म काम भईरहेको र करिब पौने घण्टामा विद्युत सेवा सुचारु हुने भएको छ । विहानै देखी विद्युत सेवा अवरुद्ध हुँदा तुलसीपुर उपमहानगरपालिका र पश्चिम दाङको दंगीशरण सम्पुर्ण क्षेत्र तथा शान्तिनगर गाउँपालिकाको ३ र ४ वडाका उपभोक्ताहरु मर्कामा परेका छन् ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिवार
प्रतिक्रिया