काठमाण्डौ, २२ साउन । ट्याङ्करबाट पेट्रोल चोरी गरेर बेच्ने सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका– ३ का ५५ वर्षीय सुनैन मियाँ वडा नम्बर १५ का २३ वर्षीय असलम हवारी, वडा नम्बर ११ का २१ वर्षीय रफिक मियाँ, मकवानपुर हेटौडा उप-महानगरपालिका ११ का २० वर्षीय सन्देश राना मगर रहेको प्रहरीले जानकारी दिएको छ । हेटौडा उप-महानगरपालिका १० का ४६ का केशर राम सुनार, वडा नम्बर १४ का ५० वर्षीय मन्द सिंह लामा र २७ वर्षीय उमेश राना मगर रहेका छन्।
उनीहरूले पर्सा, वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडक-खण्डस्थित आईसीपी जाँचपास भई नेपालभित्र प्रवेश गरेका पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनाधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरूले बिहीबार साँझ करिब ५स्१० बजे वीरगञ्ज –१४ बाइपास सडकस्थित सौदागर आयल सेन्टरमा ना।७ ख १५३९ नम्बरको ट्याङ्करबाट पेट्रोलिय पदार्थ चोरी गरेका थिए।





