२०८३ साउन २१ गते बिहिवार

आज सुनको मूल्य ह्वात्तै बढ्यो, प्रतितोला मुल्य झण्डै दुई लाख पुग्यो

फोटो फाईल

काठमाण्डौ,२१ साउन । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । हिजो बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा ८ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै बिहीबार सुनको मूल्य २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ । बुधबार ४ हजार २०० रुपैयाँले बढेर सुनको मूल्य २ लाख ८८ हजार रुपैयाँ पुगेको थियो । मंगलबार २०० रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा थियो ।

सोमबार ८०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा थियो । आइतबार १ हजार ८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा थियो । यसैगरी, बिहीबार चाँदीको मूल्य ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य ९५ रुपैयाँले बढेर ४ हजार ४७५ रुपैयाँ पुगेको थियो । मंगलबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर ४ हजार ३८० रुपैयाँमा थियो । सोमबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर ४ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार ४५ रुपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ३१५ रुपैयाँमा थियो ।

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहिवार
प्रतिक्रिया