फोटो फाईल
काठमाण्डौ, १८ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ । तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा भट्टराईविरुद्ध गएको सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डौले जिल्ला अदालत काठमाण्डौमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो ।
मुद्दा दायर हुँदा उपस्थित नभएकाले भटराईविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । भट्टराईलाई काठमाण्डौको कागेश्वरी मनोहराबाट पक्राउ गरेको सीआईबीले जनाएको छ ।भट्टराईविरुद्ध १७ वर्षअघि फर्जी कागजातका आधारमा पाँच तिब्बती शरणार्थीका नाममा ट्राभल डकुमेन्ट जारी गरेको अभियोग छ ।
प्रकाशित मिति : २०८३ साउन १८ गते सोमवार





